विराटनगरका आन्दोलित उद्योगीले दिए राजश्व कार्यालयमा धर्ना

आन्दोलनरत विराटनगरका उद्योगी र मजदुरहरुले विराटनगरस्थित आन्तरिक राजश्व कार्यालयमा धर्ना दिएका छन् । आर्थिक वर्ष २०७९/८० का लागि सरकारले ल्याएको बजेटका कारण स्वदेशी उद्योगहरु धारासायी हुने भन्दै आन्दोलनरत विराटनगरका उद्योगीहरु र मजदुरहरुले राजश्व कार्यालयमा धर्ना दिएका हुन् ।   

उनीहरुले जिआई वायर उद्योग, वनस्पति घ्यूतेल उद्योग, सेनिटरी प्याड उद्योग, यार्न उद्योग, ई–विलिङ, मौद्रीक नीतिमा उल्लेखित व्यवस्थाले उद्योगहरु धरासायी बनेको भन्दै केहीदिनदेखि आन्दोलन गर्दै आएका छन् । 

उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले आफूहरुसँग गरेको प्रतिबद्धता विपरीत सरकारले बजेट ल्याएको बताए । उनले बजेटमा भएका व्यवस्थाले जिआइ वायर, सेनेटरी प्याड उद्योगलाई धेरै असर गरेको भन्दै बजेट संशोधन गर्नुपर्ने बताए । 

उनले सरकारले विभिन्न चरणमा आफूहरुसँग बजेटमा समेट्नुपर्ने विषयबारे छलफल गरेको भएपनि त्यो नाटक मात्रै भएको भन्दै आक्रोश व्यक्त गरे । अध्यक्ष प्याकुरेलले सरकारको गलत नीतिका कारण नेपालका उद्योगीहरुले देश छोड्नुपर्ने अवस्था आउने दाबी गरे ।

उद्योगीहरुको आन्दोलनमा मजदुर संगठनहरुको समेत साथ छ । उनीहरुले उद्योगीको माग पुरा नभए आइतबारदेखि सडक ठप्प पार्ने सरकारलाई चेतावनी दिएका छन् । उनीहरुले सरकारको गलत नीतिका कारण उद्योग बन्द भए हजारौं मजदुरले रोजीरोटी गुमाउने बताएका छन् ।





  • प्रकाशित मिति : असार १०, २०७९ शुक्रबार १९:४२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया