एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दैछ। मन्त्री फेरबदलको विषयमा पार्टी भित्र मतभेद बढी रहदा पार्टीको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठक बबरमहलस्थित कार्की ब्यांकेटमा बिहान ११ बजे तय भएको छ ।

बैठकमा पार्टीका १० सांसदहरुले पछिल्लो समय नेतृत्वले लिएका विभिन्न निर्णयहरु सही नभएको भन्दै गरेको विद्रोहका बारेमा छलफल हुनेछ । त्यस्तै स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्य योजनालगायतका विषयमा पनि छलफल गरिने बताइएको छ ।

नेकपा एमालेबाट विद्रोह गरेर पार्टी गठन भएको १० महिना नपुग्दै पछिल्लो समय नेकपा एकीकृत समाजवादीमा मतभेद चर्किँदै गएको छ । 





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार ८:९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया