राप्रपा नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्षमा जोशी

राप्रपा नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी ललित जोशीले पाएका छन् । धनगढीमा जारी सुदूरपश्चिम प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी जोशीलाई प्रदान गरिएको हो ।

पार्टीका अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाईसहित शुभकामना दिएका छन् । जिम्मेवारी प्राप्त जोशी हाल केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । उनी विद्यार्थीकाल देखिनै राजनीतिमा संलग्न थिए भने प्रदेश कोषाध्यक्षको समेत जिम्मेवारी बहन गरिसकेका छन् ।

प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि जोशीले सुदुरपश्चिम प्रदेशमा राप्रपा नेपालको बलियो संगठन निर्माण गर्ने प्रतिबद्धता जनाए ।





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार १६:४७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया