धरहरा भुकम्पले ढलाएको होइन, राजेश दाइले कान कोट्याउन लगेका हुन्: सामाजिक सन्जाल

काठमाडौं – केही वर्ष पहिले जसरी भारतीय सामाजिक सन्जालमा मानिसहरु त्यहाँका अभिनेता रजनीकान्तलाई जोडेर जोक्स बनाउँथे, नेपाली सामाजिक सन्जालका प्रयोगकर्ताहरु पनि अभिनेता राजेश हमाललाई जोडेर त्यस्तै जोक्स बनाउँथे । 

सामाजिक सन्जाल ट्विटरमा अभिनेता राजेश हमाललाई फेरि अहिले निकै धेरै ट्विट लेखिन थालेका छन् । 

ह्यासट्याग #RajeshDaiFacts अहिले नेपाली ट्विटर प्रयोगकर्ताबीच ट्रेन्डिङमा देखिन थालेको छ ।

कसैले गर्न नसक्ने काम राजेश दाइले गर्न सक्ने, राजेश दाइ भन्ने पात्र अलौकिक भएको सामाजिक सन्जालमा टिप्पणी भएको छ । जस्तो कि, इँटा भट्टाको चिम्नीबाट निस्किएको धुँवाको मुस्लोलाई मानिसहरु राजेश दाइको किचनबाट निस्किएको धुँवाका रुपमा चित्रण गरिरहेका छन् ।

ट्विटरमा विद्युत लामिछानेले राजेश हमाल पूर्वराजा वीरेन्द्र शाहसँग तक्मा लिँदै गरेको तस्वीर हालेका छन् । त्यसमा उनले क्याप्सन लेखेका छन्, ‘यसो चेस खेल्नको लागि राजा लिन गएको अवस्था ।’



ट्विटरका अर्का प्रयोगकर्ता स्वप्नील कौशलले नाइल नदी र राजेश हमाललाई जोडेका छन् र लेखेका छन्, ‘एक चोटी राजेश दाइ अफ्रिका जाँदा पिसापले च्यापेछ, ट्वाइलेट नभेटेपछि जमिनमै पिसाप फेर्नुभएछ त्यसलाई हामी आज नाइल नदी भनेर चिन्दछौं ।’

ट्वीटरमा गुरु भक्त (अघोरि) नाम गरेका अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘श्री कृष्णलाई गिताको ज्ञान दिने मान्छे राजेश दाइ हो ।’



राजेश हमालले चाहेमा सबै सम्भव हुने आशयमा पनि ट्विटरमा निकै धेरै जोक्स लेखिएका छन् । ब्याड एक्टर नामबाट ट्विटर चलाउने एक प्रयोगकर्ता लेख्छन्, ‘सालको पातको टपरी हुन्छ तर, सल्लाको हुन्न किन ? किनकी राजेश दाइ चाहानुहुन्न ।’

 

यस्तै, अनिल बस्याल लेख्छन्, ‘हामीलाई केही नआए गुगललाई सोध्छौ, गुगललाई केही नआए राजेश दाइलाई सोध्छ ।’

एप्पल कम्पनीको लोगोको विषयमा अमृत द व्याक बेन्चर नामका ट्विटर प्रयोगकर्ता लेख्छन्, ‘एप्पल कम्पनीमा भएको लोगोको स्याउ राजेश दाइले टोकेको हो ।’

यस्तै, दिलिप सापकोटाले ट्विटरमा लेखेका छन्, ‘एक चोटी राजेश दाइ इन्डिया घुम्न जादाँ पर्स हराएछ, त्यसैबेला देखि इन्नियामा कौन बनेगा करोडपती भन्ने सुरु गरेछन् ।’

फुटबल स्टार नेयमार र राजेश हमालको संवादको अंश मिस्टर किङ नामबाट ट्विटर चलाउने एक प्रयोगकर्ताले लेखेका छन्, ‘नेयामारः म फुटबल आफ्नो औलामा घुमाउन सक्छु । राजेश दाई : म पृथ्वी अनादिकाल देखि औंलामा घुमाउँदा त बोलेको छुइनँ ।’

त्यस्तै, ट्विटरमा भूकम्पमा भत्किएको धरहरा पनि राजेश दाइले कान कोट्ट्याउन लगेको ठट्यौली गरिएको छ । एक प्रयोगकर्ताले लेखेका छन्, ‘धरहरा आज भोली नदेखिनुको कारण भुकम्प होइन रे, राजेश दाइले कान कोट्टयाउन लानु भा छ रे ।’


  • प्रकाशित मिति : पुस ३०, २०७५ साेमबार १८:१०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया