कांग्रेससँग मिल्नैपर्छ भन्ने जरुरी छैन : वर्षमान पुन

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ले आगामी निर्वाचनमा नेपाली कांग्रेससँग मिल्नैपर्छ भन्ने बाध्यता नभएको बताएका छन्।

माओवादी केन्द्र सिन्धुपाल्चोकले शनिबार चौतारामा आयोजना गरेको स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै नेता पुनले यस्तो बताएका हुन् । 

कांग्रेसका केही नेता गठबन्धनप्रति इमानदार नभए पनि मूल नेतृत्व इमानदार भएकाले आगामी संघ तथा प्रदेशको निर्वाचनमा कांग्रेससँग गठबन्धन भने हुनसक्ने उनले बताए ।   

‘सकेसम्म गठबन्धनलाई संघ र प्रदेशको चुनावसम्म अघि बढाउनुपर्ने पक्षमा हामी छौँ,’ उनले भने, ‘तर सम्मानपूर्वक व्यवहार नगरे कांग्रेससँग मिल्नैपर्छ भन्ने जरुरी छैन।’ 





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार १८:५२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया