कुनै पनि पार्टीसँग एकता हुँदैनः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीयतालाई बलियो बनाउन संघीय प्रणालीमा सुधार गरी अघि बढ्नुपर्ने बताएका छन् । 

शनिबार धनगढीमा आयोजित ‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौती र विकल्प’ नामक बृहत् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय स्वरूपलाई सुधार गरेर अघि बढ्न आवश्यक रहेको बताए । 

उनले संघीय सरकारलाई बलियो बनाउँदै स्थानीय तहलाई बढीभन्दा बढी अधिकार दिएर दुई तहको सरकार बनेमा संघीयतालाई थप बलियो बनाउन सकिने बताए ।
 
उनले व्यक्तिको इमानदारी र लगनशीलतामा कमीका कारण संविधानले स्थायित्व पाउन नसकेको बताए । प्रदेश संरचना खारेज गर्नुपर्ने उनको भनाइ छ ।  

उनले अब कुनै पनि पार्टीसँग आफू एकता नगर्ने बताउँदै उनले अन्य पार्टीसँग एकता गर्दा विचार, सिद्धान्तमा विकृति र विसंगति बढ्ने भन्दै अब कसैसँग पार्टी एकता नगर्ने बताए ।
 
राप्रपा नेपाल फरक विचार, मार्गदर्शन र देशको वैकल्पिक पार्टीका रुपमा स्थापना भएको उनको दाबी छ । उनले पार्टीभित्रको गलत वैचारिक प्रवृति, विकृति र विसंगति समाधान प्रयास गर्न खोज्दा पनि सुझाव नमानेपछि राप्रपाबाट टाढिएर अलग पार्टी स्थापना गरेको बताए । 

उनले आगामी निर्वाचनमा राप्रपा नेपाल देशको राष्ट्रिय पार्टी बन्ने पनि दाबी गरे ।





  • प्रकाशित मिति : असार ११, २०७९ शनिबार १८:५६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया