नेपाली कांग्रेसका बागमती प्रदेश कार्यसमिति सदस्यको कुटपिटबाट ६ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् । प्रदेश कार्यसमिति सदस्य प्रदीप रोकाको कुटपिटबाट शनिबार रामेछापको मन्थली ३ का उनीहरु घाइते भएका हुन् ।
मन्थली ३ मा आयोजना भएको चुनावी समीक्षा भेलामा आएका कांग्रेसका नेता तथा कार्यकर्तामाथि रोकाले कुटपिट गरेका हुन् । उनको कुटाइबाट युवराज भट्टराई, केशवकुमार रोका, सन्तोष भट्टराई, नारायण भट्टराई, राजन रोका, किरण बोगटीलगायत कार्यकर्ता घाइते भएका हुन् ।
वडा र नगरको निर्वाचनमा अन्तर्घात गरेको भन्दै उनीहरुमाथि कुटपिट भएको हो । घाइतेहरू तामाकोसी अस्पतालमा सामान्य उपचारपछि घर फर्केका छन् ।
कुटपिटमा संलग्न रोकालाई प्रहरीले हिरासतमा लिएको छ । पीडितहरूको जाहेरी आएपछि आवश्यक कारबाही अघि बढाइने प्रहरी नायव उपरीक्षक राजकुमार थिङले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।