अमेरिकाको शिकागोमा गोलाबारी : एकको मृत्यु, तीन जना घाइते

अमेरिकाको शिकागोको एक गोदाममा गोलाबारी हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा तीन जना  घाइते भएका छन् । 

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बोलिङब्रुक प्रहरी विभागले जनाएको छ । संदिग्ध आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रमणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुन ल्याउने तयारी भइरहेका बेला पछिल्लो हमला भएको हो । बन्दुक नियन्त्रण सम्बन्धी विद्येयक अमेरिकी माथिल्लो सदन सिनेटबाट पारित भइसकेको छ ।

तल्लो सदनबाट पारित गरेर राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र यो कानुन बन्नेछ ।  
 





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार ६:३५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया