लगानीको सम्भाव्यता खोज्न जापानी टोली नेपाल आउने

काठमाडौं– लगानीको अवसर खोज्दै १९ सदस्सीय जापानी टोली नेपाल आउने भएको छ । नेपालको कृषि तथा व्यापारमा लगानीको अवसर खोज्दै जापानका सरकारी अधिकारी तथा विज्ञहरुको टोली नेपाल आउन लागेको हो । 

जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयका वैदेशिक मामिलाका उपनिर्देशक ताकामी नकादा नेतृत्वको टोली ८ माघमा नेपाल आउनेछ । टोलीले १० माघमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, नार्कलगायतसँग छलफल गर्ने तालिका बनाएको मन्त्रालयले बताएको छ ।

यसैबीच, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ र नेपालका लागि जापानी राजदूत मासामिची साइगोकोबीच शिष्टाचार भेटवार्ता भएको छ ।सोमबार मन्त्रालयमा भएको भेटमा नेपाल र जापानबीच कृषि तथा पशुपन्छीका क्षेत्रमा हुने सहयोग आदान–प्रदानका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा राजदूत मासामिचीले फलफूल तथा तरकारी खेती र अर्गानिक कृषि प्रवर्द्धनमा उच्च प्राविधिक सहायता गर्न जापान तयार रहेको बताएका छन् । जवाफमा मन्त्री खनालले उक्त विषयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको जापान भ्रमणका क्रममा पनि छलफल भएको भन्दै थप छलफल गरेर त्यसलाई अघि बढाउन सकिने बताए । 

भेटमा मन्त्री खनालले कृषिजन्य उत्पादन र यान्त्रिकीकरण तथा नेपाली युवा कृषकलाई कृषि तालिममा जापान पठाउने विषयमा सहयोग गर्न राजदूत मासामिचीसँग आग्रह गरे । यसरी पठाउँदा बजार प्रवर्द्धन, ठूला फलफूल परियोजना र दीगो विकासमा सहयोग हुने विश्वास खनालले व्यक्त गरे । 





  • प्रकाशित मिति : पुस ३०, २०७५ साेमबार १९:२२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया