प्रचण्डले ट्विटरमा ८ जनालाई मात्र फलो गर्छन्, सबै छोरी-नातिनी र अमेरिकी राजनीतिज्ञ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल ट्विटरमा जम्मा ८ जनालाई मात्र फलो गरेका छन् । फलो गरेका ८ जना उनले परिवारका सदस्य (छोरी र नातिनी) र अमेरिकी राजनीतिज्ञ छन् । 

प्रचण्डले फलो गरेकामध्ये तीन जना परिवारका सदस्य र बाँकी ५ जना अमेरिकी राजनीतिज्ञ छन् । उनले छोरीहरू रेनु दाहाल र गंगा दाहाल र नातिनी सृष्‍टि दाहाल केसीलाई फलो गरेका छन् । यस्तै उनले फलो गरेका विदेशीमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, अमेरिकी पूर्वराष्ट्रपति विल क्लिन्टन र अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन रहेका छन् । 

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा), नेपालका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई कसैलाई पनि ट्वीटरमा फलो गरेका छैनन् । 

ट्विटरमा उनको आधिकारिक ट्विटर ह्याण्डिल ‘एटसीएमप्रचण्ड’ रहेको छ । ट्विटरले भेरीफाइ गरेको उनले उक्त ह्याण्डिलबाट उनले आफ्नै पार्टीको कुनै एक नेतालाई पनि फलो गरेका छैनन् । यो समाचार तयार पार्दासम्म उनलाई ट्विटरमा ३ लाख ६३ हजार ९१९ जनाले फलो गरेका छन् । 





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १२:४९:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया