विराटनगरका निवर्तमान मेयरलाई कारबाही सिफारिस, चुनावमा अन्तर्घात गरेको आरोप

चुनावमा अन्तर्घात गरेको भन्दै विराटनगर महानगरपालिकाका निवर्तमान मेयर भीम पराजुलीलाई कांग्रेसको वडा समितिले कारबाहीका लागि सिफारिस गरेको छ । 

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस विराटनगर–३ ले कारबाहीका लागि सिफारिस गरेको हो । पराजुली पार्टीको केन्द्रीय सदस्य हुन् । 

पार्टीको वडा समितिले पराजुलीसहित सात जनालाई कारबाहीका लागि सिफारिस गरेको हो । 

पराजुलीसहित कारबाहीको सिफारिसमा पर्नेहरुमा रामचन्द्र गौतम, सत्रुघनचन्द्र पौडेल, चूडामणि पराजुली, विनोद निरौला, बुथ सभापतिमा पराजित धर्म बानियाँ धर्मेन्द्र, कृष्ण भण्डारी रहेका छन् । 

पार्टीका आधिकारीक उम्मेदवारहरूले पराजुली सहित ७ जनाले असहयोग गरेको भन्दै कारबाहीको लागि क्षेत्रीय समितिमा पत्र पठाएका थिए । सोही पत्र जिल्ला कमिटीलाई पठाइएको क्षेत्रीय सभापति विनोद बस्नेतले बताए ।





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १५:४८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया