भारतीय क्रिकेट
के धोनी अब भारतीय क्रिकेटका लागि बोझ बनेका हुन् ?

एजेन्सी– भारत तथा अष्ट्रेलियाबीच मंगलबार एडिलेडमा तीन वानडे अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेल हुँदै छ । 

यसभन्दा पहिले भारतीय टिम सिड्नीमा भएको खेलमा ३४ रनले पराजित भएको थियो ।

अष्ट्रेलियामा पहिलो पटक टेस्ट सिरिज २–१ ले जितेको भारतीय टिमलाई अब वानडे सिरिज जित्ना मुश्किल परेको छ । सबैभन्दा पहिले त उसले मंगलबारको खेल जित्नै पर्ने हुन्छ ।

सिड्नीमा भएको खेलमा पहिले भारत बलियो थियो तर खेल अष्ट्रेलियाको पोल्टामा गयो । पहिले भारतले २८८ रनको चुनौतिपूर्ण स्कोर बनाएको थियो । तर, उसले यसलाई खेल सकिँदासम्म कायम राख्न सकेन । चार रन मात्र बनाएर शिखर धवन, कप्तान विराट कोहली तथा अंबाती रायडू पेभेलियन फर्किए । यसले भारतलाई थप समस्यामा पार्यो । त्यसपछि रोहित शर्माले महेन्द्र सिंह धोनीसँग मिलेर चौथो विकेटका लागि १३७ रनको योगफल तयार पारे ।

रोहितले १२९ बलमा १३३ रन पनि बनाए । अर्कोतिर महेन्द्र सिंह धोनीले ९६ बलमा ५१ रन बनाएका थिए ।

अर्धशतक बनाए पनि धोनी फेरि एकपटक आलोचनामा घेरिएका छन् । उनले अझ आक्रामक खेल्नु पर्ने भारतीय क्रिकेट विश्लेषकहरुले बताएका छन् । कतिपयले त अब धोनी भारतीय टिमका लागि बोझ बन्न नहुने तर्क पनि राख्न थालेका छन् ।



अधिकांशले अबको क्रिकेटमा रनरेट राम्रो चाहिने भन्दै धोनीले बलहरु यसै खेर फालेको तर्क पनि गरेका छन् । त्यसैले अब भारतीय क्रिकेटमा बहस उठ्न थालेको छ, कतै धोनी सबैका लागि बोझ भएका त होइनन् ? 

यसको उत्तर त उनले अब खेल्ने खेलहरुले नै देला, तर आशङ्का केसम्म गरिएको छ भने अबको विश्वकपमा धोनी टिममा नपर्न पनि सक्छन् ।



  • प्रकाशित मिति : माघ १, २०७५ मंगलबार ०:२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया