प्रवासी नेपालीलाई मतदानको अधिकार दिन सरकारले ठोस कदम चाल्नुपर्छ : दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको आईतवारको बैठकमा विशेष समयमा बोल्दै सांसद पौडेलले यस्तो बताएकी हुन् ।

उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार दिन ऐन नै बनाउनुपर्नेमा जोड दिइन् । उनले आउँदो निर्वाचनमै मतदान गर्न पाउनेगरी व्यवस्था गर्न सरकारसँग माग गरिन् । 

उनले भनिन् – ‘प्रवासी नेपालीलाई मतदानको अधिकार दिनको निम्ति सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ । त्यसको निम्ति ऐन नै बनाएर जानुपर्ने आवश्यकता देखिन्छ । सर्वोच्चले निर्देशनात्मक आदेश दिएको तर आदेश कार्यान्वयन अहिलेसम्म कार्यान्वयन भएको छैन । आगामी निर्वाचनमा प्रवासी नेपालीलाई सरकारले व्यवस्था गरेर जानुपर्छ भन्ने हाम्रो सरकारसँग गम्भीर माग छ । प्रत्यक्ष निर्वाचनतर्फ मतदानको अधिकार र समानुपातिकतर्फ मतदानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’

उनले संसदमा महिलाहरुको प्रतिनिधित्व बढाउनका लागि महिलाहरुको छुट्टै निर्वाचन क्षेत्र बनाउनुपर्ने पनि बताइन् ।





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १५:५९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया