गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित
फाइल तस्वीर

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ ।

आइतबार बसेको बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसद झपटबहादुर रावलले गणपूरक संख्या एकिन गर्न माग गरेका थिए । 

यसपछि गणपूरक संख्या भए नभएको एकीन गर्ने क्रममा संख्या नपुगेको पुष्टि भएपछि सभामुख अग्निप्रसाद सापकोटाले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् । 

कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा एक चौथाइ सदस्य अर्थात ६९ जना सदस्य आवश्यक पर्नेमा ६३ जनामात्र उपस्थित देखिएकाले आधा घण्टाका लागि बैठक स्थगित भएको सभामुख सापकोटाले बताए । 





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १६:८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया