कम्तीमा ३३ प्रतिशत महिला उम्मेद्वार बनाउन भुसालको माग

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्येक्षतर्फ कम्तीमा ३३ प्रतिशत महिला उम्मेद्वार बनाउन सरकारसँग माग गरेकी छिन् । 

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्येक्ष निर्वाचनतर्फ समानुपातिक समावेशी प्रतिनिधित्वका लागि ५० प्रतिशत स्थानलाई सुनिश्चिता गर्नको लागि अबको निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेद्वार बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् । 

स्थानीय तहको निर्वाचनमा गठबन्धन दलले ३३ प्रतिशत महिला उम्मेद्वार बनाउन नसकेको बताउँदै उनले संविधानले व्यवस्था गरेको समानुपातिक समावेशितालाई सरकारले लागू गर्नुपर्ने बताइन् । 

सांसद भुसालले  संघ र प्रदेशको निर्वाचनमा दिगो विकास लक्ष्यको मान्यता राखेर अन्तर्राष्ट्रिय सन्धिहरु समावेशी उपलब्धिलाई साकार रुपबाट ल्याउनका लागि र संविधानको मैलिक हकमा कार्यान्वयन गर्नका लागि भए पनि लागू हुनपर्ने दाबी गरिन् । 
 





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १७:३२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया