‘एक्सन मन्त्री’रूपमा ९० प्रतिशत अंक ल्याएँ : प्रेम आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पछिल्लो कार्यकालमा आफूले ९० प्रतिशत अंक ल्याएको दाबी गरेका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा गरेका उनले आफूले ८ महिना २० दिन मन्त्रालयमा रहेर काम गर्दा समय गएको पत्तै नपाएको बताएका छन् । 

२०७८ असोज २२ गते मन्त्री नियुक्त भएका आलेले आइतबार राजीनामाबारे जानकारी गराएका हुन्। यद्यपि, उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमक्ष आफूले असार १० गते नै राजीनामा बुझाएको बताएका छन्। 

आफूलाई जनताले ‘एक्सन मन्त्री’को उपमा दिएको भन्दै उनले आफूले मन्त्री हुँदादेखि नै कर्मचारीलाई अघिपछि लागेर खुसी नबनाउन बरु आफ्नो काम गर्न लगाएको बताए । 

जाँदाजाँदै मन्त्री आलेले त्रिभुवन विमानस्थमा स्थापित गरिएको भिभिआइपी कक्ष, गौतमबुद्ध अन्तरार्ष्ट्रिय विमानस्थाल निर्माण सम्पन्न हुनुलगायतलाई आफ्नो प्रमुख उपलब्धिका रुपमा सम्झिए । 





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार १८:१०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया