यसरी घटाउन सकिन्छ धेरै मोबाइल चलाउने बानी

अब त मानिसको जीवनको अभिन्न अंग नै बनिसकेको छ, मोबाइल फोन । झन् स्मार्ट फोन हातमा चलाइरहनेहरु त निकै भेटिन्छन् । तर, थाहा नपाउँदानपाउँदै पनि यो मोबाइल फोन चलाउनु एउटा लत बनिसक्छ जसले समयको मात्र बर्बादी गर्दैन, कहिलेकांही त ठूलो समस्यामा पनि पार्छ ।

कतिपय अध्ययनहरुले मोबाइल चलाउँदा स्वास्थमा असर पर्ने निचोड पनि निकालेका छन् । मोबाइलकै कारण स्वास्थमा पनि असर पर्ने भए यसको प्रयोग कम किन नगर्ने त ? प्रयोग कम गर्न यस्ता उपाय अपनाउन सकिन्छ:

१. राती सुत्दा मोबाइल स्वीच अफ गर्नुहोस् । सक्नुहुन्छ भने मोबाइललाई आफू सुत्ने कोठामा नै नलैजानुहोस् । सकिँदैन भने पनि विस्ताराभन्दा अलिक पर राख्नुहोस् ।

२. साना नानीबाबुको एक्सेसमा मोबाइल नराख्नुहोस् । मोबाइलबाट निस्कने रेडियसनका कारण बालबालिकाको तालु पातलो हुने मात्र होइन, मस्तिष्कमा पनि समस्या पर्न सक्छ । यसले क्यान्सरसम्म हुन पनि सक्छ ।

३. मोबाइल सकेसम्म टाढा राख्नुहोस् । जसले गर्दा रेडियसनहरु मस्तिष्कमा जान पाउँदैन ।

४. मोबाइललाई सकेसम्म मुटु नजिक नराख्नुहोस जसले गर्दा मुटुमा प्रभाव पर्दछ । र पाइन्टको खल्तीमा नि नराख्नुहोस जसले प्रजनन् क्षमतामा कमी लेराउँछ ।



५. इयरफोन, हेडसेट जस्ता वस्तुहरुको प्रयोग नगर्नुहोस जसले रेडियसनको भन्दा तीन गुणा असर गर्छ ।

६. गाडी, हवाइजहाज, रेल जस्ता सवारी साधनमा आदीमा मोवाइलबाट निस्कने रेडियसनको परिमाण बढ्ने हुँदा मोबाइलको प्रयोग नगर्नुहोस् ।



७. मोबाइलको प्रयोगले आखाँ पोल्ने, आँखा सुक्खा हुने तथा थकाई महशुस हुने समस्या देखिन्छ । यस्तो कार्यले भिजन सिन्ड्रोम समस्या हुनसक्छ ।

८. स–साना बालबालिकाले मोबाइल फोन चलाउदाँ बढी मात्रामा उनीहरुमा क्यान्सरको समस्या भई अव्यवस्थित प्रयोगले बालबालिकाको मृत्युहुने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

९. धेरै बेर फोनको प्रयोग नगर्नुहोस् । दुई मिनेट कुरा गर्दा तपाईको मस्तिष्कमा प्राकृतिक विद्युतिय गतिविधी एक घण्टा सम्म प्रभावित गर्दछ ।

  • प्रकाशित मिति : माघ १, २०७५ मंगलबार ०:१८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया