मन्त्रिपरिषद् पुनर्गठनप्रति दीपकराजको टिप्पणी : चोरीको माल आधा तेरो आधा मेरो भने जस्तो
फाइल तस्वीर

हास्यकलाकार दीपकराज गिरिले मन्त्रिपरिषद् पुनर्गठनप्रति व्यङ्ग्य गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको मन्त्रिपरिषद् पुनर्गठनबारे व्यङ्ग्य गर्दै उनले चोरीको माल आधा तेरो आधार मेरो भने जस्तो भएको टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा टिप्पणी लेख्दै आलोपालो मन्त्री बन्ने प्रणाली कहाँबाट सिकेर आए छन् भन्दै प्रश्नसमेत गरेका छन् । उनले मन्त्री फेर्दा लोकप्रिय काम गरेकालाई पनि फिर्ता बोलाएको भन्दै आलोचना गरेका छन् ।

'यो मन्त्री आलोपालोको सिस्टम कहाँबाट सिकेर आए छन् कुन्नी ? लोकप्रिय काम गर्नेहरू बस्ने अरू फिर्ता हुने भए पो ! चोरीको माल आधा तेरो आधा मेरो भने जस्तो' उनले लेखेका छन् ।

देउवाले माओवादी र कांग्रेसका मन्त्रीहरुलाई मन्त्रिपरिषद्‍मा यथावत राख्दै एकीकृत समाजवादीका मन्त्रीहरु हेरफेर गरेका थिए ।

देउवाले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, भवानीप्रसाद खापुङलाई बढुवा गर्दै स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हीराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।





  • प्रकाशित मिति : असार १२, २०७९ आइतबार २०:१५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया