उद्योगीलाई ओलीको आग्रह : आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा लाग्नुहाेस्

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले समग्र उद्योग र व्यवसायलाई नभई सीमित घरानालाई लाभ हुने गरी बजेट ल्याएको दोहोर्‍याएका छन् । 

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको पहिलो बैठक सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले त्यस्तो बजेटको आलोचना गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ लगायतका संस्थालाई आग्रह पनि गरे । 

उनले उद्योग र वाणिज्य क्षेत्रमा सरकारका गलत कदमको आलोचना गर्नुपर्ने बताए । ओलीले आर्थिक क्षेत्रका लागि नीति बनाउँदा सो विभागले निजी क्षेत्रलाई अगाडि बढ्न प्रोत्साहन गर्ने नीतिसँगै सरकारी स्वामित्वमा रहेका उद्योग, कलकारखाना र आपूर्तिसँग सम्बन्धित संस्थाहरूको संरक्षण हुने गरी राम्रो गृहकार्य गरी आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा सल्लाह सुझाव दिनुपर्ने निर्देशन दिए ।

विभागका प्रमुख मोति दुगडको अध्यक्षतामा भएको बैठकलाई सो पार्टीका महासचिव शंकर पोखरेलले पनि सम्बोधन गरेका थिए ।  





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार ६:५५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया