डा. केसीलाई आइसियुमा राख्नुपर्ने चिकित्सकको सुझाव

इलाम– आफूसँग भएका सम्झौताविपरित चिकित्सा शिक्षा विधेयक ल्याइएको भन्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई तत्कालै आकस्मिक कक्ष (आइसियु)मा राख्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

तर, इलाममा अनशनरत भएकाले डा. केसीलाई कहाँको आइसियु लैजाने भन्ने अन्योल भएको छ । इलाममा फूलगाहीमा अनशन बसेका डा. केसीको स्वास्थ्य बिग्रिएपछि सोमबार विहान जिल्ला अस्पतालमा लगिएको थियो । 

चिकित्सकहरुले उनको दाहिने फोक्सोमा इन्फेक्सन देखिएको बताएका छन् । 

डा. केसीको मुटुको चालमा पनि समस्या देखिएको चिकित्सकहरुले बताएका छन् । डा. केसीले केही समययता मुटु रोगसम्बन्धी औषधि सेवन गर्दै आएका थिए । खाना खाएपछि खानु पर्ने त्यो औषधि डा. केसी अनशन बसेयता खाएका छैनन् । 

इलाममा आवश्यक केयरको सुविधा नभएको चिकित्सकहरुले बताइरहँदा पनि केसीले अनशन छोडेका छैनन् ।
 





  • प्रकाशित मिति : माघ १, २०७५ मंगलबार ०:३७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया