अल्लु अर्जुनले ‘पुष्पा-२’ का लागि बढाए तौल? ट्रोल हुँदैछन् उनका नयाँ तस्बिर

दक्षिण भारतीय चलचित्रका स्टार अल्लु अर्जुन यतिबेला आफ्नो आगामी फिल्म ‘पुष्पाः द रुल’ लाई लिएर चर्चामा छन् । अहिले सामाजिक सञ्जालमा उनका केही नयाँ तस्बिर सार्वजनिक भएका छन् । 

तस्बिरमा अल्लुको तौल बढेको देखिन्छ । जसका कारण धेरैले उनलाई सामाजिक सञ्जालमा ट्रोल पनि गरिरहेका छन् । यति मात्र होइन कतिपयले अल्लुलाई व्यंग्य गर्दै ‘बुढो अभिनेता’ पनि भनेका छन् ।

उनका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तस्बिरमा अल्लु निलो प्रिन्ट गरिएको टी–शर्ट र कालो ट्राउजर लगाएको देखिन्छ ।  

उनले ‘पुष्पा–२’ का लागि आफ्नो तौल बढाएको हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अल्लु पछिल्लोपटक ‘पुष्पा द राइज’ मा देखिएका थिए । यही फिल्मबाट उनी विश्वभर चर्चित भए ।

सुकुमारले निर्देशन गरेको यो फिल्म गत वर्ष १७ डिसेम्बरमा रिलिज भएको थियो । फिल्ममा अल्लु अर्थात् ‘पुष्पराज’ बाहेक रश्मिका मण्डना, सुनील, सामन्था रुथ प्रभु, फहद फासिल, प्रकाश राज, अजय घोषलगायतका धेरै चर्चित कलाकार मुख्य भूमिकामा थिए ।

फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा रिलिज भएको थियो । ‘पुष्पा द राइज’को हिन्दी संस्करणले मात्रै करिब ११० करोड कमाएको थियो । अब समर्थक फिल्म ‘पुष्पाः द रुल’ को दोस्रो भागको प्रतीक्षामा छन् । अल्लु छिट्टै यो फिल्मको छायांकन सुरु गर्ने तयारीमा छन् । 





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार ९:११:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया