आमा-बुबा बन्दै आलिया र रणवीर

बलिउड जोडी आलिया भट्ट र रणवीर कपुर चाँडै आमा-बुबा बन्ने भएका छन् । आलियाले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी  हुन । 

उनले सोमबार इन्स्टाग्राममा तस्बिर सेयर गर्दै लेखेकी छन्, ‘हाम्रो बच्चा... छिट्टै आउँदैछ ।’ उक्त तस्बिरमा आलिया र रणवीर कपूर अस्पतालमा स्क्यान हेर्दै गरेको देख्न सकिन्छ । 

आलिया र रणवीरले १४ अप्रिलमा विवाह गरेका थिए । आलियाले यस्तो जानकारी दिएसँगै रणवीरकी बहिनी रिदिमा कपुर, करण जोहर, प्रियंका चोपडालगायतले उनीहरूलाई बधाई दिएका छन् ।  





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार १३:३७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया