मन्त्री जम्कट्टेलले प्रतिपक्षीलाई भने - सहमति कार्यान्वयन हुन्छ

बागमाती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले सरकारले बजेट बनाउने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) सँग भएको सहमतिलाई पूर्णरुपमा कार्यान्वय गर्ने बताएका छन् । आज प्रदेश सभा बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री जम्कट्टेलले सरकार प्रतिपक्षसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । 

उनले बजेटले सबै क्षेत्र र तप्कालाई समेट्ने प्रयास गरेको उल्लेख गर्दै बजेट बनाउने क्रममा केही सीमा भित्र रहेर काम गर्दा कतिपय सन्तुलन नमिलेको हुनसक्ने कुरालाई स्वीकार गर्दै त्यस्ता कमजोरी सच्याएर जान सकिने बताएका हुन्  ।  मन्त्री जम्कट्टेलले सरकारले बदनियत राखेर कसैलाई पनि कर छुट दिने निर्णय नगरेको बताए ।

बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) का प्रमुख सचेतक दीपक निरौलाले सरकारले प्रतिपक्षले उठाएका सबै विषय सम्बोधन हुन नसकेको बताए । उनले सरकारले सिमेन्ट उद्योगलाई अनावश्यक रुपमा कर छुट दिने निर्णय गरेको प्रति असन्तुष्टि व्यक्त गरेका थिए  । निरौलाले सिमेन्ट उद्योगहरुको कर सम्बन्धी कुरा अदालतमा विचाराधीन रहेकोले अदालतमा विचाराधीन विषयवस्तुलाई प्रभावित पार्नेगरी सरकारले हस्तक्षेप गर्नु अनुचित हुने बताए । उनले बजेटलाई समावेशी र समानुपातिक बनाउन कस्तो पहल गरिने हो स्पष्ट पार्न अनुरोध गरे ।

अर्थमन्त्रीको जवाफमा प्रतिपक्षी एमालेले पूर्ण विश्वास गर्न नसकिने बताएपछि  प्रदेश सभामा पुनः जवाफ दिँदै मन्त्री जम्कट्टेलले बजेटलाई समावेशी र समानुपातिक बनाउन तथा प्रतिपक्षीको माग सम्वोधन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।  





  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार १५:३८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया