तीनदिने योङ फिल्म मेन्टर्स’ तालिम सम्पन्न

‘चिल्ड्रेन फिल्म सोसाइटी’ले सञ्चालन गरेको तीनदिने ‘योङ फिल्म मेन्टर्स’ तालिम आइतबार सम्पन्न भएको छ । चलचित्र विकास बोर्डसँगको सहकार्यमा तीनदिने ‘योङ फिल्म मेन्टर्स’ तालिम सम्पन्न भएको हो । 

ब्रिटिस काउन्सिल र इन्टु फिल्मले तालिम दिएकोे हो । तालिममा सात प्रदेशका २८ जनाले सहभागिता जनाएका थिए । तालिमपश्चात् सहभागीले तीन दिनमा सिकेका कुरालाई आ–आफ्नो क्षेत्रमा गई १८ वर्षमुनिका स्कुले बालबालिकालाई सिनेमा निर्माणसम्बन्धी तालिम दिनुपर्नेछ । 

तालिमका प्रशिक्षक महेश श्रेष्ठले स्थानीय स्तरमा तालिम दिनका लागि सक्षम बनाउन यस किसिमको तालिम आयोजना गरेको बताए । यस प्रकारका तालिमले १८ वर्षभन्दा मुनिका बालबालिकालाई फिल्म मेकिङसम्बन्धी विशेष जानकारी दिन सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरे । 

तालिममा सहभागी जनकपुरकी काजोल झाले तालिमबाट आफ्नो ज्ञान फराकिलो भएको प्रतिक्रिया दिइन् । यसअघि रमाइलोका लागि भिडियो बनाउँदै आएको भए पनि तालिमले आफूलाई प्राविधिक ज्ञान दिएको उल्लेख गर्दै उनले यस तालिमले सिनेमाको ज्ञानलाई थप फराकिलो बनाएको बताइन् । 

काजलको जस्तै अनुभव विराटनगरकी कल्पना बनको पनि रह्यो । उनले तालिमबाट समूहमा कसरी काम गर्ने भनेर तालिममा सिक्न पाएको बताइन् । प्रशिक्षार्थी बनले प्राविधिक कुराको व्यवस्थापकीय ज्ञान पनि प्रशिक्षणबाट सिक्ने मौका पाएको बताइन् । 

त्यस्तै, पोखराकी अञ्जु दाहाल ०७३ सालदेखि रंगमञ्चमा सक्रिय छिन् । पोखराका विभिन्न विद्यालयमा नाटक सिकाउँदै आएकी उनले नाटक सिकाउने क्रममा विद्यार्थीले सिनेमा निर्माणका बारेमा जिज्ञासा राखेकाले तालिममा सहभागी भएको बताइन् । 



फिल्मका बारेमा प्रशिक्षणबाट धेरै कुरा सिक्ने अवसर पाएको उनले बताइन् । 



  • प्रकाशित मिति : असार १३, २०७९ साेमबार १८:४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया