काठमाडौंको कोटेश्वरमा हायसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौंको कोटेश्वरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।

सोमबार साँझ कोटेश्वर बालकुमारी जाँदै गरेको बा २ ख १२३१ नम्बरको हायसले सुरुमा पैदलयात्रुलाई ठक्कर दिएको थियो । दुर्घटनापछि हायसले दायाँ च्याप्दा बालकुमारीबाट आएको प्रदेश ३–००६ ख ०२९५ नम्बरको ट्रकसँग ठोक्किन पुग्यो ।  

हायसको ठक्करबाट घाइते भएका पैदलयात्रु ५२ वर्षीय देवकुमार सेनको मृत्यु भएको प्रहरीले जनाएको छ । हायसका सहचालक २३ वर्षका विमल सुनार घाइते भएका छन् । चालक भने फरार छन् ।





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार ६:५२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया