सुटिङमै सक्रिय हुनेछिन् आलिया

बलिउड अभिनेत्री आलिया भट्टले सोमबार आफू गर्भवती भएको खबर सार्वजनिक गरेसँगै उनलाई बधाई दिनेको ओइरो नै लागेको छ । उनले आफ्नो इन्स्टाग्राममा सोमबार पति रणवीर कपूरसँग अस्पतालको बेडबाट आफू गर्भवती भएको प्रमाणसहितको तस्वीर राखेकी थिइन् ।

‘हाम्रो बच्चा, चाँडै आउँदैछ’, उनले क्याप्सनमा लेखेकी छन् । आलिया गर्भवती भएको खबर भाइरल भएपछि अब उनले आफ्नो प्रोजेक्टको काम के गर्छिन् भन्ने चासो उनका फ्यानसँगै फिल्मकर्मीमा पनि छ । आलिया यतिबेला लण्डनमा करियरको पहिलो हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को सुटिङ गरिरहेकी छन् ।

उनी गर्भवती भएपछि आलियाले यो फिल्मको सुटिङ जारी राख्छिन् या राख्दिनन् भन्ने चासो सर्वत्र छ । तर, आलियाको निकट स्रोतका अनुसार अहिले गर्भावस्थाको सुरुवाती चरण भएकाले आलियाले नेटफ्लिक्स फिल्मका लागि आफूले गरेको प्रतिबद्धताअनुसार उनले सुटिङ जारी राख्ने छिन् ।





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार ७:१४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया