बागमती प्रदेशसभाको बैठक आज पनि बस्दैछ । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल गर्न मंगलबार बिहान ११ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो ।
सोमबार बसेको बैठकमा नौवटा विषयगत मन्त्रालयहरूको बजेटमाथि छलफल भएको थियो । बैठकमा सत्तापक्षले सरकारले ल्याएको बजेट जनमुखी भएको भन्दै स्वागत गरेका थियो ।
प्रतिपक्ष सांसदले सरकारले चुनावलक्षित असन्तुलित बजेट ल्याएको भन्दै विरोध गरेका थिए ।
प्रतिपक्षी दल एमालेले बजेटमा व्यवसायीलाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको, चुनाव केन्द्रित बजेट ल्याएको, एउटै योजना बजेट पुस्तिकामा धेरै स्थानमा दोहोरिएको भन्दै आरोप लगाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।