गाँस, बास र कपासको माग राख्दै शरणार्थी आन्दोलित [फोटो फिचर]

नेपालमा बसोबास गरिरहेका विभिन्न देशका शरणार्थीहरू आन्दोलित भएका छन् । उनीहरूले आज आफ्ना मागसहित काठमाडौंको महाराजगञ्जस्थित संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोग (युएनएचसीआर) को कार्यालय अगाडि धर्ना दिएका छन् । कपन राममन्दिर आसपासमा १२ वर्षदेखि बसोबास गर्दै आएका शरणार्थीले गाँस. बास र कपासको माग राख्दै धर्ना दिएका हुन् । धर्ना दिनेहरूमा म्यानमार, बङ्गलादेश, पाकिस्तान, श्रीलंका, सोमालिया, इराकलगायत देशका शरणार्थीहरू छन् । आन्दोलनमा बालबालिकाको पनि प्रयोग गरिएको छ । कपनमा बसोबास गर्दै आएका करिब ५५० शरणार्थीमा म्यानमारका रोहिंग्या समुदायका बढी छन् । उनीहरू करिब ४ सयको हाराहारीमा १२ वर्षदेखि त्यस क्षेत्रमा बसोबास गर्दै आइरहेका छन् ।  

तस्बिरमा शरणार्थीको धर्ना :





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १२:४४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया