मानिस किन जागिर परिवर्तन गर्न चाहन्छन् ?

ताईपेइ- मानिसमा सधैं केही नयाँ काम गरौँ भन्ने हुन्छ । सधैं एउटै काम गर्दा दिक्क लाग्छ । लाग्नु स्वभाविक पनि हो । भन्ने गरिन्छ–सधैं एउछै काम गर्नुहुन्न । तर सबैमा यो कुरा लागू हुन्छ भन्ने पनि हुँदैन । आफ्नो इच्छामा भर पर्दछ ।

मानिसहरू जागिर किन परिवर्तन गर्दछन् ? यो प्रश्नको सहज उत्तर छ । गरिहरहेको ठाउँमा तलब थोरै भएर, सेवा सुविधा नपुगेर । यी बाहेक अन्य कारण पनि हुन सक्छन् । तर एक अध्ययनले भने ९० प्रतिशत मानिसहरू आफूले गरिरहेको जागिर परिवर्तन गर्न चाहेको पत्ता लगाएको छ । कुरो हो ताईवानको । त्यहाँका जागिरेहरू गरिरहेको जागिर परिवर्तन गर्न चाहन्छन् ।   

ताइवानको अनलाइन जब बैंकले गरेको एक सर्वेक्षणमा सहभागी मध्ये ९० प्रतिशतले तलब थोरै भएकाले जागिर परिवर्तन गर्न चाहेको बताएका हुन् ।  उनीहरूले चिनियाँ नयाँ बर्षपछि जागिर परिवर्तन गर्न चाहेने गरेको पनि सोमबार सार्वजनिक भएको अध्ययनले देखाएको छ । 

ताइवानमा झण्डै नौ लाख जना जागिरेहरु रहेको अनुमान गरिएको छ । उनीहरु बढीमा दश बर्ष मात्रै खुशीका साथ काम गर्न सक्ने देखिएको छ ।  जागिर परिवर्तन गर्न चाहने मध्ये ५५ प्रतिशतले तलबमा चित्त नबुझेकाले जागिर परिवर्तन गर्न चाहेको बताएका थिए । 

त्यसैगरी कल्याणकारी सुविधा नभएको, स्तरोन्नतीको संभावना नभएको र रोजगारदाताप्रतिको उदासीनताका कारण जागिर परिवर्तन गर्न चाहनेहरुको सङ्ख्या पनि धेरै रहेको पाइएको छ । 

अध्ययनमा सहभागी मध्ये ६५ प्रतिशतले पहिले देखि नै नयाँ जागिरका लागि खोजी गरिरहेको बताएका छन् ।  अध्ययन प्रतिवेदनका अनुसार ८५ प्रतिशतले ताईवानभन्दा बाहिर धेरै तलब पाईने सुरक्षित जागिर खोजिरहेको जवाफ दिएका छन् ।  गत डिसेम्बरदेखि यही जनवरी ४ तारिखसम्म गरिएको सर्वेक्षणमा ९१२ कम्पनीका एक हजार २०४ जनाले उत्तर दिएका थिए । 





  • प्रकाशित मिति : माघ १, २०७५ मंगलबार ९:४०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया