पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार ७९८ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
आज १ सय ८५२ जनाको पीसीआर परीक्षण गर्दा ३८ जना र ९४६ जनाको एन्टिजेन परीक्षण गर्दा थप ६ जनामा संक्रमण देखिएको हो ।
२४ घण्टामा १७ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य रहेको छ । अहिले देशभर २२९ जना सक्रिय संक्रमित छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।