एमाले कैलालीका अध्यक्ष थापालाई जिम्मेवारीबाट हटाइयो

नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापालाई जिम्मेवारीबाट हटाइएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । 

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै यसअघि थापालाई स्पष्टीकरण सोधिएको थियो । थापालाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेसँगै दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय पनि गरिएको छ । 

थापालाई कारबाही गर्न एमालेको जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको थियो । जिल्ला कमिटीलाई साउन १५ गतेभित्र अध्यक्षको निर्वाचन गर्न निर्देशन पनि दिइएको जनाएको छ ।





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १६:२६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया