नयाँ पार्टी घोषणा गर्दै वामदेवले भने - कम्युनिस्ट आन्दोलन धराशयी, आउँदो निर्वाचनमा कांग्रेसलाई बहुमत

नेकपा राष्ट्रिय एकता पार्टी अध्यक्ष वामदेव गौतमले कम्युनिस्ट आन्दोलन धराशयी बनेको बताएका छन् । 

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै आफू नेतृत्वमा ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका गौतमले आफूले जीवन समर्पित गरेको कम्युनिष्ट आन्दोलन धराशयी बनेपछि नयाँ राजनीति दल खोल्नुपरेको बताए । 

आफूले नै निर्माण गरेको पार्टी र आन्दोलन धराशयी बनेको हेरेर बस्न नसक्ने भन्दै उनले गत स्थानीय तह निर्वाचनमा एमालेविरुद्ध पाँच दलीय गठबन्धन लागेको बताए ।

कम्युनिष्टबीच एकता तथा कार्यगत एकता भएन भने गठबन्धनका नाममा कांग्रेसले आगामी संघ र प्रदेशको निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका गौतमले यदी बहुमत ल्याएन भने प्रतिनिधिसभा र प्रदेशसभा कांग्रेस सबैभन्दा ठूलो दल हुने बताए । 

यसपछि पाँच वर्ष कांग्रेसकै नेतृत्वमा देशको संरचना रहने भन्दै उनले दोस्रो निर्वाचनमा कांग्रेसलाई गठबन्धनको आवश्यक नपर्ने बताए । 

यो स्थितिलाई नियन्त्रणमा लिन आफूले नयाँ दल घोषणा गरेको बताउँदै गौतमले कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताए । 





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १६:३४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया