एसपिपी मेरो पालामा आएकै होइन, प्रचण्डले ढाँटे : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) आफ्नो समयमा नआएको जिकिर गरेका छन् । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा ढाँटिरहेको उनले बताए ।

मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले केपी ओलीको समयमा एसपिपी आएको, तर आफूले रोकेको भनेर प्रचण्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ढाँटिरहेको ओलीले बताए । उनले भने, ‘राष्ट्रियताको सवाललाई मानिसले यस्तो सस्तो बनाएका छन्, एकजना नेताले पटक–पटक भनिरहेका छन्, केपी ओलीको समयमा एसपिपी ल्याइएको थियो।’

योभन्दा ढाट कुरो, फट्याइँ कुरो के हुन्छ ? भन्दै ओलीले राष्ट्रियता भन्ने चिज तमासा, हाउभाउ, नखरा, झुक्याउने, अभियान गर्ने चिज नभएको बताए । आफ्नो देश, भूगोल, जनता सभ्यता, समाज, राष्ट्र र जनता महत्वपूर्ण हुने उनको भनाइ छ । 





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १७:५७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया