बझाङमा १८ वर्षीया किशोरी बलात्कृत, शिक्षक पक्राउ

बझाङमा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।

केदारस्यु गाउँपालिकास्थित सुर्मा माध्यमिक विद्यालयका शिक्षक रमेश गुर्धामी पक्राउ परेका हुन् । 

असार ८ गते राति विवाहको कार्यक्रममा सहभागी भएर सुतिरहेकी १८ वर्षीया किशोरीलाई गुर्धामीले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बालिकाले उक्त कुरा घरमा भनेपछि १० गते प्रहरीमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता जनक ढुंगानाले बताए ।

गुर्धामीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए ।





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १८:३२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया