संघीयताबारे के भन्छन् विन्दा पाण्डे र खिमलाल देवकोटा ?

नेकपा (एमाले)की सांसद विन्दा पाण्डेले संघीयता कार्यान्वयनमा प्रमुख जिम्मेवार राजनीतिक पार्टी र नेता नै हुनुपर्ने बताएकी छिन् । मंगलबार ‘संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमनसम्बन्धी संसदीय विशेष समिति’ले सिंहदरबारमा आयोजना गरेको ‘संघीयता कार्यान्वयनको अवस्था, चुनौती र अबको बाटो’ विषयक छलफल कार्यक्रममा बोल्दै सांसद पाण्डेले यस्तो बताएकी हुन् । 

नेताहरुले नै संघीयताको मर्मविपरीत भोट माग्दै हिँड्ने गरेको उल्लेख गर्दै उनले संघीयताको कार्यान्वयन भएन भनेर राज्यका अन्य निकायलाई प्रश्न गर्न नमिल्ने बताइन् । उनले संघीयताको अभ्यास राजनीतिक पार्टीहरुबाट सुरु गरे राज्यका निकायले पनि सुरु गर्ने उनले बताइन् । उनले राज्यले र राजनीतिक पार्टीहरुले जनप्रतिनिधिहरुलाई संघीय प्रणालीको सम्बन्धमा प्रशिक्षित गर्नुपर्ने बताइन् । 

त्यस्तै, संविधानसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र)का नेता खिमलाल देवकोटाले संघीयताको मर्म समन्वय, सहअस्तित्व र सहकारितालाई आत्मसात नगरिएका कारण कार्यान्वयमा समस्या भएको बताए । संघीयता कार्यान्वयनका लागि संविधानले व्यवस्था गरेका संरचना क्रियाशील हुन नसक्नु पनि समस्याको रुपमा रहेको उनले बताए । 

संघीयतालाई बलियो बनाउन प्रशासनिक, न्यायपालिका, राजनीतिक पार्टी र राज्यका सबै अंगको पुनःसंरचना गर्न आवश्यक रहेको देवकोटाले बताए । 
 





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १८:४०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया