अब के हुन्छ वामदेवपत्नी तुलसाको सांसद पद ?

वामदेव गौतमको नयाँ नयाँ राजनीतिक दल नेकपा (एकता राष्ट्रिय अभियान)मा उनकी पत्नी तुलसा थापालाई दुई नम्बरमा केनद्रीय सदस्य राखिएको छ । थापा नेकपा एमालेकी सांसद हुन् । 

राजनीतिक दलसम्बन्धी ऐन २०७२ अनुसार थापाले केन्द्रीय सदस्य बनेसँगै एमाले त्याग गरेको ठहरिनेछ । राजनीतिक दलसम्बन्धी दफा ३२ अनुसार थापा पद मुक्त हुनेछिन् । दफा ३२ को (ग)मा ‘निज आफैँले वा निजसमेत संलग्न भई अर्को दल गठन गरेमा दल त्याग गरेको मानिने’ उल्लेख छ ।

लामो समय महिला संघको राजनीतिमा रहेकी गौतम एमालेको समानुपातिक निर्वाचित प्रणालीबाट प्रतिनिधिसभा सदस्य हुन् । नेपाल ओलम्पिक कमिटीकी सचिव र नेपाल कबड्डी संघकी अध्यक्षसमेत हुन् । 

थापा नेकपा एकीकृत समाजवादी गठन हुँदा गत भदौ ९ गते हस्ताक्षर गर्नका लागि निर्वाचन आयोग पुगेकी थिइन् । तर, दल विभाजनको सूचीमा उनको नाम नभएको भन्दै निर्वाचन आयोगले थापाको सनाखत गरेको थिएन ।

निर्वाचन आयोगमा केन्द्रीय सदस्य थापाको नाम गए उनी स्वतः पदमुक्त हुने संसद सचिवालयका एक अधिकारीले बताए । आयोगमा दर्ता नभएको हकमा पनि पार्टीले उजुरी गरे उनलाई मुक्त गर्न सकिने उनको भनाइ छ । 





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १८:५०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया