चुरेलगायत मधेस क्षेत्रमा पाँच हजार बिरुवा रोपियो

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा धनुषाका युवाहरुले वृक्षारोपण गरेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको उत्तरीबेल्टमा पर्ने केशरदमारमा २ हजार ५ सय, सिरहाको कर्जन्हा नगरपालिकाको बाबा तालमा २ हजार ५ सय र महोत्तरीको पिपरामा ५ सय विरुवा रोपेका हुन् । 

सेभ द चिल्ड्रेन, कायापलट र रतौली युवा क्लबको आयोजनामा तथा धनुषाको गणेशमान चारनाथ नगरपालिका, सिरहाको कर्जन्हा नगरपालिका, महोत्तरीको पिपरा गाउँपालिका र नेपाल आदिबासी जनजाति महासंघ मधेस प्रदेशको सहकार्यमा वृक्षारोपण गरिएको थियो ।


 
वृक्षारोपणमा विभिन्न प्रजातिका रुखहरु रोपिएको छ भने चुरे र चुरे संरक्षणमा सरोकारवालालाई उत्तरदायी बनाउन चुरे संरक्षणको अभियानलाई निरन्तरतासमेत दिइएको छ ।  

विश्व वातावरण दिवसमा शुभारम्भ गरिएको चुरे बचाऔँ अभियानले सरकार तथा अन्य साझेदारीमा एक लाखभन्दा बढी वृक्षारोपण गरेको कायापलटका अध्यक्ष दिवाकर उप्रेतीले बताए । उप्रेतीले भने, ‘चुरेसँग तराईको भू–भाग मात्र जोडिएको छैन । यससँग समग्र जीविकोपार्जन तथा जीवन जोडिएको छ । यसलाई संरक्षण नगरे मानव अस्तित्व नै समाप्त हुनेछ ।’ 

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा एक समयमा एकैसाथ ३ जिल्लामा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा बालबालिकाको सहभागितासँगै उनीहरुलाई वातावरण संरक्षण तथा अहिलेको जलवायु संकटबारे पनि जानकारी गराएको सेभ द चिल्ड्रेनका प्रतिनिधि अभिलेष कर्णले बताए । 

त्यस्तै गाउँपालिकाका उपाध्यक्ष बिन्दा पाण्डेले दलित समुदायले महिलाहरुसँगै बालबालिकालाई पनि रुखको महत्व बुझाउँदै जिम्मेवार बनाउनु पर्ने आवश्यकता रहेको बताइन् ।



उनीसँगै गाउँपालिकाकी दलित महिला कार्यपालिका सदस्य शोभादेवी दासले पछिल्लो समय बढ्दै गएको प्रदुषण र रुख मास्ने प्रवृत्तिले बालबालिका तथा मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव परेको बताइन् ।

कार्यक्रममा सेभ द चिल्ड्रेनका प्रतिनिधि, नेपाल आदिवासी जनजाति महासंघ मधेस प्रदेशका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधिसहित तिन जिल्लामा ३०० बढीको सहभागिता रहेको थियो भने महोत्तरीमा दलित महिला तथा बालबालिकाको सहभागिता थियो ।



  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार १९:१६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया