विप्लव नेतृत्वको नेकपा छाडेका पुनसहितका नेता बुधबार माओवादीमा प्रवेश गर्ने

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परित्याग गरेका तीन नेता बुधबार नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् ।

विप्लवका तत्कालीन पोलिटब्युरो सदस्य ओमप्रकाश पुन, केन्द्रीय सदस्य शंकर खड्का, दलबहादुर धामी र रमेश परियार माओवादीमा प्रवेश गर्न लागेका हुन् । 

भोलि बिहान ९ बजे नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातको टीका लगाएर उनीहरू पार्टी प्रवेश गर्न लागेका हुन् ।

गत बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका थिए । 





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार २१:३५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया