प्रधानमन्त्रीलाई राष्ट्रपतिको प्रश्न : प्रधानन्यायाधीशमाथिको महाभियोग किन अलपत्र ?

राष्ट्रपति विद्यादेवी भण्डारीले निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बारेमा चासो राखेकी छिन् । मंगलबार साँझ राष्ट्रपति भेट्न शीतलनिवास पुगेका प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले राणामाथिको महाभियोगबारे चासो राखेकी हुन्। 

प्रधानमन्त्री देउवालाई उनले राणाको प्रक्रिया संसदमा कहिले अघि बढ्छ भनेर प्रश्न गरेको स्रोतको भनाइ छ । छलफलम राष्ट्रपति भण्डारीले महाभियोगको प्रसंग निकाल्दै किन अलपत्र हो ? भनेर प्रश्न गरेको बताइएको छ। 

प्रधानन्यायाधीश राणमाथि फागुन १ गते महाभियोग लगाएपछि उनी निलम्बनमा छन् । प्रधानमन्त्री देउवासँगको भेटमा राष्ट्रपतिले संसदमा पेस भएको महाभियोगको प्रस्तावलाई छिटो निकास दिनुपर्ने बताएकी थिइन् । 

जवाफमा प्रधानमन्त्री देउवाले यो विषय संसदमा विचाराधीन रहेको र छानबिनका लागि समिति गठन गरेको जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले महाभियोग प्रस्ताव दर्ता गरेपछि संसदीय प्रक्रियामै नलैजानु लोकतान्त्रिक नहुने भन्दै लामो समय नरोक्न आग्रह गरेकी थिइन् । 

राष्ट्रपतिको भनाइ पछि प्रधानमन्त्री देउवाले संसदीय प्रक्रियाबारे बुझ्ने र मन्त्री तथा सभामुखसँग छलफल गर्ने जवाफ दिएका थिए।





  • प्रकाशित मिति : असार १४, २०७९ मंगलबार २२:१२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया