आज धेरै स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविदको अनुरोध
फाइल तस्बिर

आज पनि देशभर वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि वर्षा भइरहेको छ । दिउँसो प्रदेश–१, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा र कर्णालीका एक/दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 
राति देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। 

बिहीबार प्रदेश–१, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक/दुई स्थानहरूमा भारी वर्षाको समेत संभावना रहेको छ । शुक्रबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

‘पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले भनेको छ । 





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार ६:४३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया