रौतहट, कैलाली र कञ्चनपुरमा भारी वर्षा, तटीय क्षेत्रका नागरिकको मोबाइलमा ‘अलर्ट एसएमएस’
फाइल तस्बिर

देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा भइरहेको छ ।

पछिल्ला केही घण्टा यता रौतहट, कैलाली र कञ्चनपुरमा ठूलो वर्षा भएपछि बाढी पूर्वानुमान महाशाखाले मोबाइल सेवा प्रदायक कम्पनीमार्फत त्यहाँका स्थानीयको मोबाइलमा ‘अलर्ट’ एसएमएस पठाएको छ ।

महाशाखाका अनुसार रौतहटको गौर र आसपासका क्षेत्रमा पछिल्लो ६ घन्टामा भारी वर्षा भएको छ । सो क्षेत्रमा रहेका नदीमा बाढीको जोखिम रहेको छ । 

त्यस्तै, कैलाली र  कञ्चनपुरका धेरै स्थानमा भारी वर्षा भएपछि मंगलबार राति एसएमएस पठाइएको छ । कान्द्रा,मोहना,खुटीया लगायत नदीमा एक्कासी बाढी आउन सक्ने चेतावनी दिइएको छ ।

कान्द्रा नदी कैलालीमा जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ ।





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार ६:४६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया