नाडाल र स्विटेक विम्बल्डन टेनिसकाे दोस्रो चरणमा

स्पेनका राफेल नाडाल तथा पाेल्याण्डकी इगा स्विटेकले विम्बल्डन टेनिस प्रतियाेगितामा विजयी सुरुवात गरेका छन् ।​ नाडालले पुरुषतर्फ मंगलबार राति सेन्टर कोर्टमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोलाई ३-१ को सेटमा हराउँदै विजयी सुरुवात गरे ।

विश्व वरियताकाे दोस्रो नम्बरमा रहेका नाडालले खेल ६-४,६-३,३-६ र ६-४ ले आफ्नो पक्षमा पारे । नाडालले दोस्रो चरणमा लिथुनियाका रिकार्डस बेरान्किसकाे सामना गर्नेछन्  । 

रिकार्डस अमेरिकाका साम क्युरीलाई ६-४,७-५ र ६-३ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । महिलातर्फ विश्व नम्बर एक स्विटेकले क्रोएसियाकी जना फेटलाई २-० काे साेझाे सेटमा हराउँदै विजयी सुरुवात गरिन् ।

स्विटेकले खेल ६-० र ६-३ ले आफ्नो पक्षमा पारिन् । उनले दोस्रो चरणमा नेदरल्याण्ड्सकी लेस्ली केर्खोभकाे सामना गर्नेछिन् । ​केर्खाेभले बेलायतकी सोनाय कार्ताललाई ६-४,३-६ र ६-१ ले हराउँदै दोस्रो चरणमा स्थान सुरक्षित गरेकी हुन् । 





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार ७:३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया