विप्लव नेतृत्वको नेकपा छोडेर ओमप्रकाश पुनसहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग भएका ओमप्रकाश पुन लगायतका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा पोलिटब्युरो सदस्य रहेका ओमप्रकाश पुनसहित दर्जनौं नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।

एक साता अगाडि मात्रै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एवम् सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनसहित शंकरबहादुर खड्का, दलबहादुर धामी लगायतले नेकपाबाट सामूहिक राजीनामा दिएका थिए । 





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १०:३७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया