रुपन्देहीमा देशकै ठूलो र स्वचालित आलु उद्योग बन्दै

रुपन्देहीमा मुलुककै ठूलो र पहिलो स्वचालित आलु उद्योग स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । शुद्धोधन गाउँपालिकाको मैनहियामा स्थापना हुन लागेको यो उद्योग वातानुकुलित समेत हुनेछ ।

रुपन्देहीका प्रतिष्ठित उद्योगी कृष्ण पौडेलले फस्ट च्वाइस् फूड प्रालि नामक आलु उद्योगको स्थापना गर्न लागेका हुन् । बुटवलमा मासु उद्योगको सफलतापछि उनले आलु उद्योग सञ्चालनमा ल्याउन लागेका हुन् ।

आलु उद्योग अर्थात फ्रेन्च फ्राई उत्पादन गर्ने उद्योगले ६ महिनाभित्र उत्पादन सुरु गर्दैछ । उद्योगी पौडेल नेपालमै मासुलाई आधुनिकीकरण गरेर नमुना उद्योगी बनेका थिए । करिब दुई अर्ब लागतमा उनले अहिले आलु उद्योग सुरु गर्न लागेका हुन् ।

'जर्मन प्रविधिमा आधारित यो उद्योगले अबको  ६ महिनामा उत्पादन सुरु गर्नेछ,' उद्योगी पौडेलले भने । उद्योगको उत्पादन क्षमता प्रति घण्टा दुई हजार केजी रहेको र  प्रत्यक्ष रुपमा एक सय ५० जनाभन्दा बढीले रोजगारी पाउँछन् । यो उद्योगले वार्षिक करिब साढे ६ अर्बको आयातलाई घटाउनेछ । हाल नेपालमा वार्षिक करिव १२ अर्बको आलु तथा यसका परिकारहरूको आयात भैरहेको छ । उनले अहिले जुन भन्सार दरमा फ्रेन्च फ्राईको आयात भएको छ यसलाई नबढाउन र यथास्थितिमा राख्न आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १३:३३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया