कार्यालयमा सहकर्मीसँग कसरी राख्ने सुमधुर सम्बन्ध ?

एजेन्सी– घरबाहेक कार्यालय पनि यस्तो स्थान हो जहाँ मान्छेको धेरै समय व्यतीत हुन्छ । कार्यालयमा रहँदा सहकर्मीसँग आफ्नो सम्बन्ध सफल वा विफल हुनु महत्त्वपूर्ण कुरा हो । यस्तो सम्बन्धले तपाईंको कामलाई सुखद वा दुःखद अनुभवमा परिवर्तन गरिदिन सक्छ । यसको मतलब तपाईं केवल बहिर्मुखी भएको खण्डमा मात्र सफल हुनुहुन्छ भन्ने होइन । तर, आफ्ना सहकर्मी चिन्नु, उनीहरूका गुण तथा दोष पहिल्याउने कोसिस गर्नुपर्छ । भारतीय मनोचिकित्सक डा. रुमी अग्रवालले कार्यालयमा सहकर्मीसँग कसरी सकारात्मक सम्बन्ध बनाउने भनेर जानकारी दिएका छन् । 

१. सुरुवात राम्रो गर्नुपर्छ

नयाँ जागिर सुरु गर्नु कुनै केटाकेटीले खेल्ने खेल होइन । केही आकांक्षा, केही आशंका मनमा उब्जनु स्वाभाविक हो । आफ्नो व्यवहारलाई सन्तुलन राख्नु अति आवश्यक छ । सहकर्मीका साथ अन्तरक्रिया गर्नुहोस् र शिष्ट हुनुहोस् । जिम्मेवारीका साथ काम गर्ने सहकर्मीलाई चिन्ने तथा बुझ्ने प्रयत्न गर्नुहोस् । 

२. सम्मान गर्नुहोस्

राम्रो सम्बन्धको आधार सधैँ सम्माननीय हुन्छ । त्यसैले आफ्ना सहकर्मीलाई पूरा आदर गर्नुहोस् । सधैं के ध्यान दिनु आवश्यक छ भने आफ्नो व्यवहारका कारण कसैको अपमान नहोस् । त्यस्तै, सुमधुर सम्बन्धका लागि कसैलाई मानसिक तनाव दिनु हुँदैन र मर्यादाको उल्लंघन पनि गर्नु हुँदैन । 

३. सहकर्मीको समस्या बुझ्नुहोस्



यदि तपाईं कोही सहयोगीका साथ कार्यालयको काम गर्नुहुन्छ भने तपाईं विचारशील हुनुहोस् । के कुरामा ध्यान दिनुहोस् भने तपाईंको कारण सहयोगीलाई पीडा नहोस् । कोही मान्छे पूर्ण शान्त वातावरणमा काम गर्न रुचाउने हुन्छन्, कोही संगीतविना काम गर्न नसक्ने पनि हुन्छन् । यस्तो अवस्थामा तपाईंको नजिक भएको सहकर्मीको आदत बुझेर उनीहरूलाई अप्ठ्यारो नहुने गरी काम गर्नुपर्छ । 

४. शिष्टाचारको ख्याल गर्नुहाेस्



कार्यालयमा तपाईंको व्यवहार जति गरिमामय हुन्छ त्यति नै तपाईंको इज्जत पनि हुन्छ । सधैं शिष्टाचारमा ध्यान दिनुपर्छ । गफ गर्दा होस् या मोबाइलमा कुराकानी गर्दा, मेल पठाउँदा होस् या कार्यालयको कुनै सेलेबेसन पार्टी होस्, सधैं शिष्टताको ध्यान दिनुपर्छ । आफ्नो मर्यादाको उल्लंघन बिलकुल गर्नुहोस्, नत्र तपाईंको इमेज बिग्रन सक्छ । कैयौं मान्छे शिष्टाचारको मतलव बुझ्दैनन् र ससाना कुरालाई लिएर ठूलो चिन्ता लिएर बस्छन् । त्यसैले यी ससाना कुरालाई ठूलो महत्त्वको सम्झिनुहोस् ता कि कार्यालयमा काम गर्दा मनोरञ्जन लिँदै गर्न सकियोस् ।

५. विनाकारणको चर्चाबाट टाढा रहनुहोस् 

कार्यालयमा सहकर्मीसँग गफ गर्दा जाति, धर्म, राजनीति तथा निजी प्रसंगको कुरा पटक्कै गर्नु हुँदैन । यी विषयमा सबैकको आआफ्नो राय हुन्छ र व्यक्तिगत जीवनको एक मर्यादा हो जसलाई भंग गर्नु त्यसको विरुद्ध हो । कोही मान्छे यस प्रकारको चर्चा गर्न नै असहज महसुस गर्छन्, त्यसैले यस्ता कुरा गर्नुअघि धेरै विचार पु¥याउनुपर्ने हुन्छ ।
 

  • प्रकाशित मिति : माघ १, २०७५ मंगलबार १४:४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया