तस्वीरमा हेर्नुहोस् युवा संघको धान रोपाइँ

आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यसै अवसरमा नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले पनि रोपाइँ महोत्सव आयोजना गरेको छ । युवा संघले ललितपुरको बुङमती धान रोपेर रोपाइ महोत्सव मनाएको हो । युवा संघले आयोजना गरेको रोपाइँ महोत्सवमा एमाले महासचिव शंकर पोखरेल, अभिनेत्री एवं एमाले नेतृ करिश्मा मानन्धर पनि सहभागी थिए । अवसरमा महासचिव पोखरेलले धान रोपेका थिए भने सहभागीले हिलो खेलेर मनोरञ्जन गरेका थिए । आज देशभर १९औं धान दिवस मनाइँदै छ । साथै आज दही चिउरा खाने प्रचलन पनि रहेको छ ।





 

  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १५:४६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया