२४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८ जनाको पिसिआर परीक्षण गर्दा ५१ र ६१२ एन्टिजेन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् । बुधबार १९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १७:२१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया