जनकपुधाम उपमहानगरपालिकाले पहिलोपटक धान दिवस मनायाे

जनकपुधाम उपमहानगरपालिकाले पहिलोपटक धान दिवस मनाएको छ ।

१९औं राष्ट्रिय धान दिवसको अवसरमा जनकपुरधाम उपमहानगरपालिकाले बुधबार ‘अन्नबाली जनकपुरधामको रखवाली’ भन्ने मूल नाराका साथ वडा नम्बर– २० स्थित नोचा पोखरी नजिक धान रोपेर धान दिवस मनाएको हो ।

नगरप्रमुख मनोजकुमार साहले उपमहानगरले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षदेखि कृषि उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए ।

उनले भने, ‘यहाँ प्रमुख समस्या रसायनिक मलको छ । त्यसमा नियन्त्रणसहितका सर्वाधिकार नेपाल सरकारको छ । डिलरबाट किसानसम्म पुर्याउन उपमहानगरपालिकाले सहजता मात्र गर्न सक्छ । त्यसका लागि उपमहानगरले डिलरलाई चाँडोभन्दा चाँडो मलखाद उपलब्ध गराउन पत्राचार गरिसकेको छ ।’

मेयर साहले जनकपुरधाम उपमहानगरले आगामी आर्थिक वर्षदेखि यहाँका कृषि उत्पादकत्व बढाउन माटो परिक्षण, जैविक मलको उत्पादनमा जोड, यान्त्रिकीकरण, सिँचाइको सहज उपलब्धता र कृषि मिटरमा छुट, चौपाया गाईवस्तुमा अनुदानलगायतका कार्यक्रम ल्याउन लागेकोसमेत जानकारी दिए ।



यसका साथै माटो परीक्षणको कार्यक्रमसमेत अगाडि बढाउने, उपमहानरले तयार पारेको प्रतिवेदनको आधारमा खाद्यवस्तुको उत्पादनमा जोड दिनुका साथै किसानलाई अनुदानमा धान काट्ने, हाते टयाक्टर, अन्नबाली भित्राउने मेसिन सम्भव भए निःशुल्क उपलब्ध वा अनुदानमा उपलब्ध गराउने कार्यक्रम पनि आगामी आर्थिक वर्षमा समेटिएको जानकारी मेयर साहले दिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायले उपमहानगरभित्र कृषि उत्पादकत्व बढाउन उपहानगरले किसानलाई सहज हुने गरी विभिन्न कार्यक्रम ल्याएर कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए ।



  • प्रकाशित मिति : असार १५, २०७९ बुधबार १८:९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया