विवाह–पार्टीलक्षित जुत्ता–चप्पल महाकुम्भ

काठमाडौं– काठमाडौंको पुतलीसडकस्थित पद्मोदय मार्गमा जुत्ता–चप्पल महाकुम्भ सेल मेला सुरु भएको छ । सिंहदरबारबाट फनपार्क आउँदा बायाँतिर (ट्राफिक बिटको अगाडि) सो मेला लागेको हो ।

जाडो मौसम तथा विवाह–पार्टीलाई लक्षित गर्दै सबै वर्गलाई उपयुक्त हुने जुत्ता–चप्पलसहित मंगलबारबाट नेपाल जुत्ता–चप्पल उद्योग व्यवसायी संघले मेलाको आयोजना गरेको हो ।  

‘योभन्दा राम्रो कतै छैन, यो भन्दा सस्तो कतै छैन’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त मेलामा जुत्ता–चप्पल विशेष छुटमा उपलब्ध गराइएको आयोजकले बताएको छ ।

पछिल्लो समय स्वदेशी ब्रान्डका जुत्ता–चप्पलप्रति उपभोक्ताको आबर्षण बढेको छ । त्यसैकारण आयोजकले संघमा आबद्ध कम्पनीलाई समेट्दै स्थायी प्रदर्शनी स्थलबाटै विवाह–पार्टीका लागि उपयुक्त जुत्ता–चप्पल सुलभ मूल्यमा उपलब्ध गराएको हो । 

स्मार्ट, भेनस, केटिएम र फुट स्टेप गरी चार कम्पनीका क्याजुअल सुज, साइनिङ पार्टी सुज, अफिस सुज, स्पोटर््स सुज, लोफर सुज, हाफ बुट, क्वाटर बुट, स्कुल तथा कलेज सुजलगायत विभिन्न डिजाइनका जुत्ता मेलामा छन् । 

मेलामा जुत्ता खरिद गर्दा हरेक जुत्तामा ६ महिनाको वारेन्टीसमेत दिइएको छ । मेला एक महिनासम्म चल्नेछ । 





  • प्रकाशित मिति : माघ १, २०७५ मंगलबार १४:५१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया