जुलाई १७ मा अमेरिकी दूतावास काठमाडौंले सयौँ भिसा अप्वाइन्टमेन्ट खुला गर्ने

अमेरिकी दूतावास काठमाडौंले आगामी जुलाई १७ मा विद्यार्थी भिसाका लागि सयौं भिसा अप्वाइन्टमेन्टहरु खुला गर्ने भएको छ । सुपर सन्डे कार्यक्रम अन्तर्गत भिसाका अप्वाइन्टमेन्टहरु खुला गरिने अमेरिकी दूतावास काठमाडौंले जनाएको छ ।

विद्यार्थीहरुलाई अमेरिकामा अध्ययनका लागि अवसरको महत्व र उनीहरुको कक्षा समयमै सुरु गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर भिसा अप्वाइन्टमेन्टहरु उपलब्ध गराउन लागिएको दूतावासले जनाएको छ । जुलाई १७ मा भिसा च्याटकै क्रममा ती अप्वाइन्टमेन्टहरु उपलब्ध गराइनेछ ।

अमेरिकी दूतावास काठमाडौंमा भिसाको अप्वाइन्टमेन्ट पाउन मुस्किल रहेको गुनासो आइरहँदा त्यसलाई सम्बोधन गर्न दूतावासले यो प्रयास गर्न लागेको हो । 

अमेरिकी विदेश मन्त्रालयका अनुसार अहिले अमेरिकी दूतावासमा भिजिटर भिसा अन्तर्वार्ताका लागि अप्वाइन्टमेन्ट लिन औषतमा २७४ दिन कुर्नुपर्ने बाध्यता छ । त्यस्तै विद्यार्थी भिसाको अप्वाइन्टमेन्ट लिन ८० दिन र अन्य गैर आप्रवासी भिसाको अप्वाइन्टमेन्ट लिन १७ दिन कुर्नुपर्ने बाध्यता रहेको छ ।





  • प्रकाशित मिति : असार १६, २०७९ बिहीबार १३:५५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया